अर्थमन्त्रीले बजेटमाथि उठेको प्रश्नको जवाफ सोमबार दिने

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा प्रतिनिधि सभाका सांसदहरुले बोल्ने समयसीमा सकिएको छ ।
गत जेष्ठ २१ गतेबाट सुरु भएको बजेटमाथिको सांसदहरुले बोल्ने क्रम आइतबार सकिएको हो । बजेटमाथि बोल्ने क्रममा सकिएसँगै सोमबारको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने सभामुख देवराज घिमिरेले घोषणा गरे ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ २९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ ।
अर्थमन्त्री महतले गत जेष्ठ १५ गते २०८०÷०८१ को राजस्व र व्ययको वार्षिक अनुमान संसदमा पेश गरेका थिए ।