सिडियो नेपालद्वारा मकवानपुरमा नमूना कक्षा कोठा निर्माण
मकवानपुर । सामुदायिक विकास संस्था (सिडिओ) नेपाल मकवानपुरले मकवानपुरमा ४५ वटा नमूना कक्षा कोठा निर्माण गरेको छ ।
सिडियो नेपालले सन् २०२२ को जुलाईदेखि एक वर्षे कार्यक्रमअन्तर्गत मकवानपुरको चार स्थानीय तहका विभिन्न विद्यालयमा गरी ४५ वटा नमूना कक्षा कोठा निर्माण गरिएको हो ।
सिडियो नेपालले अन्तर्राष्ट्रिय दातृ निकाय प्लान नेपालको सहयोगमा जिल्लाको बागमती गाउँपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका विद्यालयमा नमूना कक्षा कोठा निर्माण गरेको हो ।
प्रारम्भिक बालविकास कक्षादेखि २ कक्षासम्मका कक्षा कोठालाई बालमैत्री र आकर्षक बनाउन सहयोग गरिएको सिडिओ नेपाल मकवानपुरका कार्यक्रम संयोजक अर्जुन खड्काले जानकारी दिए ।
उनका अनुसार, सिडिओ नेपालले मकवानपुरगढीमा १२ वटा विद्यालयमा २९ वटा, मनहरीमा ९ वटा, हेटौंडा उपमहानगरपालिकामा ४ वटा र बागमती गाउँपालिकामा ३ वटा कक्षा कोठा निर्माण गरेको हो ।
