गुडिरहेको गाडीबाट खसेर एक महिलाको ज्यान गयो

तु खबर संवाददाता
२०८० जेष्ठ २०, शनिबार १४:१२
file photo

भक्तपुर । गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको ज्यान गएको छ ।

भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१ च. ५३०१ नम्वरको गाडीमा सवार एक महिलाको खसेर ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार, गाडीबाट खसेर घाइते भएकी उनको सल्लाद्वारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

अन्दाजी ४३ वर्षीया मृतक महिलाको पहिचान खुल्न सकेको छैन । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।