गणतन्त्र दिवसमा बागमती प्रदेश सरकारले यी कार्यक्रम गर्ने

तु खबर संवाददाता
२०८० जेष्ठ १३, शनिबार १५:२२
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस २०८० मनाउने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले १६ औं गणतन्त्र दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको हो ।

गणतन्त्र दिवसको अवसरमा मन्त्रालय, कार्यालयहरु र सार्वजनिक स्थानको सरसफाई कार्यक्रमको आयोजना गर्ने र नगर क्षेत्र सरसफाई व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिकालाई जिम्मेवारी दिने मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रदेश सरकारले सो दिवसको अवसरमा जेष्ठ १४ गते अर्थात आईतबार सार्वजनिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सो कार्यको सम्पूर्ण व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्ने भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, जेष्ठ १५ गते विहान ७ः३० बजेदेखि हेटौंडाको बुद्ध चोकदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणसम्म प्रभातफेरी आयोजना गर्ने, प्रभातफेरी पश्चात मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा गणतन्त्र दिवस २०८० बागमती प्रदेश मूल समारोह समितिको आयोजना गर्ने सरकारका प्रवक्ता श्रेष्ठले बताए ।

उनका अनुसार, सो समारोह प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता एवम् सभामुख भुवन कुमार पाठकको विशेष आतिथ्यता हुने भएको छ ।

यी हुन् प्रदेश सरकारले गर्ने कार्यक्रम ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab