दोस्रो प्रदेश खेलकुद : क्रिकेटमा भक्तपुरलाई पराजित गर्दै मकवानपुर सेमीफाइनलमा

मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेटमा भक्तपुरलाई पराजित गर्दै मकवानपुर सेमीफाइनल प्रवेश गरेको छ ।
बुधबार बिहान चितवनस्थित निर्माणाधिन गौतमबुद्ध रंगशालामा भएको खेलमा भक्तपुरलाई ७ विकेटले पराजित गर्दै मकवानपुर सेमीफाइनल प्रवेश गरेको हो ।
अब मकवानपुरले ललितपुर र नुवाकोटबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबारबाट सुरु भएको पुरुष क्रिकेटमा ११ वटा जिल्लाको टिम सहभागी रहेका छन् । प्रदेशका १३ जिल्लामध्ये सिन्धुली र रसुवा जिल्ला भो सहभागी छैन ।
यस्तै, महिलातर्फ सोमबार नै प्रतियोगिता सकिसकेको छ । सोमबार सम्पन्न फाइनलमा काठमाडौंले चितवनलाई ५७ रनको फराकिलो अन्तरले पराजित गर्दै जित हात पारेको हो ।