मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्तीमा आज बिहान यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर ७, सुनाचुरी बस्ने ७१ वर्षीया मनमाया थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ५ ख १७४० नम्वरको यात्रुबाहक बसले ठक्कर दिँदा थिङ गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । उनको ३ः४५ बजेको समयमा हेटौंडा अस्पताल आईपुग्नासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।