मकवानपुरका गोले र पाख्रिन प्रहरीको फन्दामा

मकवानपुर । महोत्तरी प्रहरीले लागूऔषधसहित मकवानपुरका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले १ सय किलो लागूऔषध गाँजासहित सोमबार मकवानपुरका दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ बस्ने २९ वर्षीय रुपेश गोले र सोही ठाउँ बस्ने २६ वर्षीय अनिल पाख्रिन रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
सोमबार प्रदेश ३–००१ क ०२६९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध गाँजा बरामद भएपछि ट्रकका चालक रुपेश र सहचालक अनिललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।