बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प महसुस

तु खबर संवाददाता
२०८० जेष्ठ १०, बुधबार ०८:२७
file-photo

बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो ।

यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान ४ दशमलव १ रेक्टरको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।