मन्त्री लामाले पाए ४ वटा मन्त्रालयको जिम्मेवारी

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले ४ वटा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सोमबार बागमती प्रदेश प्रमुख यादवचन्द शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा मन्त्री लामालाई थप ३ वटा मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी दिएसँगै उनले ४ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
लामालाई पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी दिइएको प्रदेश प्रमुख शर्माको सचिवालयले जनाएको छ ।