संवैधानिक परिषद्को बैठक आज बस्ने

तु खबर संवाददाता
२०८० बैशाख २५, सोमबार १०:२६
file-photo

काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।

आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने बताइएको छ । शनिबार विपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले ४८ घण्टाको समय राखेर परिषद्को बैठक बोलाएका हुन् ।

विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एसोसिएसनले आन्दोलन गर्दै आइरहेको छ ।

यसअघि बैशाख ६ गते राखिएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसका सम्बन्धमा सर्वसम्मति हुन सकेको थिएन ।