संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा आगामी बैशाख २४ गतेका लागि अधिवेशन आह्वान गरिएको हो ।
प्रवक्ता सागर आचार्यका अनुसार, नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को बैशाख २० को सिफारिसमा सम्वत् २०८० साल बैशाख २४ गते आइतबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।