१६ ब्रोकर कम्पनीले पायो आशय पत्र
काठमाडौं । नयाँ ब्रोकरको लाइलेन्सका लागि निवेदन दिएका १६ ब्रोकर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आशय पत्र (एलओआई) दिएको छ ।
बोर्डको सोमबार बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार आशय पत्र दिएको हो । बोर्डले पहिलो चरणमा १६ कम्पनीलाई एलओआई दिइएको हो ।
निवेदन दिएका सबै फाइलहरूलाई एकैसाथ हेर्न नभ्याएका कारण पहिलो चरणमा १६ कम्पनीलाई आशय पत्र दिइएको बोर्डले जनाइएको छ ।
बाँकी रहेकालाई चरणबद्ध रुपमा आशय पत्र दिने बोर्डको तयारी छ । आशय पत्र पाउनेले ६ महिनाभित्र पूर्वाधार तयार गरी बोर्डलाई जानकारी गराउनुपर्नेछ ।



