शेयर बजारमा झिनो अंकको गिरावट

तु खबर संवाददाता
२०८० बैशाख १४, बिहीबार १६:०९

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.२७ अंकले घटेर १८८९ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २६९ कम्पनीको २१ लाख ७४ हजार २१४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग उपसूचक ०२४ प्रतिशत, होटल तथा पर्यटन उपसूचक १.८३ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसूचक राताम्य रहेका छन् ।

११ उपसूचक राताम्य हुँदा सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसूचक १.२८ प्रतिशतले घट्न पुगेको छ ।