बारा २ मा उपेन्द्र यादवको अग्रता कायमै

तु खबर संवाददाता
२०८० बैशाख ११, सोमबार १५:४४
file-photo

बारा । बारा क्षेत्र नम्वर २ को मतगणना जारी रहेको छ । जारी मत गणनामा दुई मतदान केन्द्रको मतपरिणाम सार्वजनिक भएको छ ।

२ हजार ५१७ जना मतदाता रहेकोमा १ हजार ७१७ मत खसेको थियो । जसमा जसपाका उम्मेदवार उपेन्द्र यादवले ५१३ मतका साथ अग्रता कायमै राखेका छन् ।

उनलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुश्वाहाले पछ्याइरहेका छन् । उनले ४८५ मतका प्राप्त गर्दा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४२० मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २०७ मत प्राप्त गरेका छन् ।