दुर्घटनामा गम्भीर घाइते सहायक हबल्दारको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख १०,आईतवार ०९:३५
सांकेतिक तस्वीर

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका ट्राफिक प्रहरीका सहायक हबल्दार जनक धामीको मृत्यु भएको छ ।

बिहीबार साँझ धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा आफैंले चलाएको म १ प ३८७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धामी गम्भीर घाइते भएका थिए ।

घाइते उनको मेट्रो अस्पतालमा उपचाररत धामीको शनिबार राति मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिहीबार साँझ करीब ७ बजेको समयमा राजपुरमा सवारीसाधन चेकिङका लागि गइरहेका बेला गाईसँग ठोक्किएर धामी दुर्घटनामा परेका थिए ।