हेटौंडामा सवारी दुर्घटना, एक घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० रापितरोडस्थित आज बिहान भ्यानले ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
बिहान ७ः१५ बजेको समयमा बुद्धचोकबाट थानाभर्याङितर्फ जाँदै गरेको बा १७ च ७७७९ नम्वरको बेकरी सामान बोकेको भ्यानले ठक्कर दिँदा एक जना पैदलयात्री घाइते भएका हुन् ।
घाइते हुनेमा पैदलयात्री हेटौंडा–१०, बसपार्क बस्ने ५३ वर्षीय अशोक शाही रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, घाइते शाहीलाई उपचारको लागि मकवानपुर सहकारी अस्पतालमा लगिएको छ । भ्यानको ठक्करबाट शाहीको टाउको र शरिररको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।
ठक्कर दिने भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
