बैशाख १० मा मनकामना केबलकार बन्द रहने

तु खबर संवाददाता
२०८० बैशाख ८, शुक्रबार १५:४०
file-photo

काठमाडौं । बैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । चितवन क्षेत्र नं. २ मा हुन लागेको प्रतिनिधि सभा सदस्य उप–निर्वाचनका लागि केबलकार बन्द गरिने भएको हो ।

उक्त जिल्लाको कुरिनटारबाट मनकामना जाने केबलकारले सेवा दिँदा भिड बढ्ने र सुरक्षा संवेदनशिल हुने देखिएकाले एक दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

उप–निर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको थियो । बैशाख ११ गतेदेखि भने केबलकार पुनः संचालनमा आउने प्रालिले जनाएको छ ।