झिनो अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २६६ कम्पनीको २९ लाख ७० हजार ९२८ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक बाहेकका सबै उपसूचक राताम्य रहेका छन् ।
सर्वाधिक होटल तथा पर्यटन उपसूचक १.१७ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसूचकको १.१२ प्रतिशतले घट्न पुुगेको छ ।



