सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक गएराति कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ ।
गएराति १२ः३० बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतकमध्ये एक पुरुषको सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको घटनास्थलमा मृत्यु भएको हो ।
यस्तै, सोही दुर्घट्नामा परेर एक जना गम्भीर घाइते भएका छन् । कारमा पाँच जना सवार थिए । तीमध्ये ४ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका हुन् । गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।
राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । कारमा सवार पाँचै जनाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
