ट्याक्टरले किचेर युवकको मृत्यु

बागलुङ । बागलुङमा ट्याक्टरले किचेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्याक्टरले किचेर पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको हो ।
बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध १ त ६०९ नंको ट्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीका अनुसार, ट्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको थियो । घरमाथि खसेको ट्याक्टरले च्यापिँदा सलामी घाइते भएको र उद्धार गर्दागर्दै मुत्यु भएको हो ।
ट्याक्टर चालक गलकोट नगरपालिका–९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।