नुवाकोटमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र १८, शनिबार ०९:००

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ, १६ वर्षीया मनमाया तामाङ र ४५ वर्षीया सानुकान्छी तामाङ रहेका छन् । तीमध्ये छिरिङ र मनमायाको घटनास्थलमा मृत्यु भएको थियो भने सानुमायाको काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्थामा गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

शुक्रबार बेतिनीबाट यात्रु लिएर काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।