चित्लाङ–काठमाडौं सडकखण्ड राति बन्द

तु खबर संवाददाता
२०७९ चैत्र १७, शुक्रबार ०९:५०

मकवानपुर । मकवानपुरको चित्लाङदेखि काठमाडौंको थानकोटसम्म जोड्ने चित्लाङ–थानकोट सडकखण्ड राति ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि बन्द गरिएको छ ।

थाहा नगरपालिका वडा नं. ९, चित्लाङ अन्तर्गत रहेको चित्लाङ–चन्द्रागिरी– थानकोट सडक (गणेशमान सिंह मार्ग ) को स्तरोन्नत्ती लगायतको मर्मतका लागि बिहीबारदेखि लागू हुने गरी सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मर्मत कार्य सम्पन्न भएपछि अथवा अथवा अर्को सूचना जारी भएपछि मात्रै सवारी आवागमन सुचारु हुने प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।