१० अंकले घट्यो नेप्से, ८९ करोड ९५ लाखमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ चैत्र १६, बिहीबार १६:२६

काठमाडौं । उचारचढावकाबीच साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकले घटेको छ । नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा पुगेर रोकिएको छ ।

नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेसँगै दुई÷तीन दिन यता कारोबार रकम समेत घट्न पुगेको छ ।

यसअघि बुधबार नेप्से सूचक १.०२ अंकले बढेर १९१९ को विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर किनबेच हुँदा ८१ करोड ६२ लाख १९ हजार रुपैयाँमाथिको कारोबार भएको थियो ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज होटल तथा पर्यटन उपसूचक र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचक राताम्य रहेका छन् ।