बारा २ मा लोसपाबाट राजेन्द्र महतोले चुनाव लड्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले बारा २ मा चुनाव लड्ने भएका छन् । लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए ।
महतो गत चुनावमा सर्लाही २ मा पराजित भएका थिए । धनुषा ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका थिए ।
बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेको उक्त पदका लागि आगामी बैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।