झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा झिनो अंकले बढेको छ । नेप्से सूचक १.०२ अंकले बढेर १९१९ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर किनबेच हुँदा ८१ करोड ६२ लाख १९ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।
यसअघि मंगलबार नेप्से सूचक आज १२ अंकले बढेर १९१८ को विन्दुमा कायम हुन पुगेको थियो भने नेप्सेमा सूचीकृत २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य उपसूचकमा हरियाली छाएको छ भने बाँकी ८ उपसूचक राताम्य रहेका छन् ।



