सगरमाथा जलविद्युतको आइपीओमा आवेदन दिने समय आज सकिँदै

तु खबर संवाददाता
२०७९ चैत्र १२, आईतवार १०:१८
file-photo

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने समय आज सकिँदै छ । चैत्र ८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको कम्पनीको आइपीओमा आज बैकिङ्ग समयभित्र मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीले सर्वसाधारणलाई ४३ लाख ६८ हजार कित्ता शेयर निष्काशन गरेको छ । जसमध्ये २ लाख १८ हजार ४ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीको लागी छुट्याईएको छ ।

बाँकी रहेका ३५ लाख ८१ हजार ७ सय ६० कितात शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिनेछ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।