मकवानपुरको फापरबारीमा चार दिने रामनवमी मेला हुने

मकवानपुर । मकवानपुरको बामगती गाउँपालिकामा चार दिने रामनवमी मेला हुँदैछ । आगामी चैत्र १३ गतेदेखि १६ गतेसम्म बागमती–८, फापरबारीस्थित रामजानकी मन्दिरमा मेला हुने भएको मेलाका संयोजक खड्कबहादुर पुलामीले जानकारी दिए ।
स्थानीय धार्मिक मेला र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको संयोजक पुलामीले बताए । २०३३ सालदेखि वार्षिक रुपमा हुँदै आएको उक्त मेला कोरोना माहामारीपछि सञ्चालन हुन सकेको थिएन ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनुका साथै फापरबारी स्थानीय डान्सिङ आइडल कम्पिटिसन हुनेछ । मेला निःशुल्क रुपमा अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।