लागूऔषधसहित मकवानपुरका स्याङतान पक्राउ

तु खबर संवाददाता
२०७९ फाल्गुन २१, आईतवार १७:१२
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध चरेशसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्वर ७ महादेब खर्क बस्ने ३१ वर्षीय दिपक भन्ने राजकुमार स्याङतान रहेका छन् ।

स्याङतानलाई लागूऔषध चरेश ८ किलोसहित भीमफेदी गाउँपालिका वडा नम्वर २ बाट पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, भैंसेस्थित चेकप्वाइन्टमा जाँच गर्ने क्रममा लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।