हेटौंडामा एनएमबी बैंकको एटिएम फुटाएर चोरी गर्ने प्रयास

तु खबर संवाददाता
२०७९ फाल्गुन २१, आईतवार १७:००
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित एनएमबी बैंकको एटिएम मेसिन फुटाएर चोरी गर्ने प्रयास भएको छ ।

आज आइतबार बिहान २ः२० बजेको समयमा एटिएम फटाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, एटिएम मेसिनको माथिको कभर फुटाएको पाइएको छ । एटिएमको पुरै भाग फुटाउन नसक्दा एटिएमको पैसा भने चोरी भएको छैन् ।

एटिएम मेसिन फुटाउन प्रयास गर्नेको उचाइ अन्दाजी ५ फिट ३ इन्च, कलेजी कलरको हुक लगाएको, साइडमा सेतो धर्का भएको ट्र्याक र सेतो स्पोर्टस जुत्ता लगाएको हुलिया रहेको र उनका खोजीकार्य भईरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।