८ दलीय गठबन्धनको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ फाल्गुन २१, आईतवार १०:०८
file-photo

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल हुने बताइएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार हुने गरी दलहरुबीच भागवण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता साझेदार दलका नेताहरुसँग परामर्श गरिरहेका छन् ।