सातामा शेयरबजार ५३ अंकले घट्दा ७ अर्बको कारोबार
काठमाडौं । यो साता शेयरबजार घटेको छ । अघिल्लो साता ४७ अंकमाथिले नेप्से घटेर २०२२.६४ अंकको विन्दुमा रोकिएको नेप्से यो साता ५३.६१ अंकले घट्दै १९६९.०३ विन्दुमा पुगेर रोकिएको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन फेब्रुअरी २३ मा ५७.७४ अंकले नेप्से घट्दै २०२२.६४ अंकमा झरेको थियो । यसको तीन दिन पनि फेब्रुअरी २७ मा खुलेको बजारमा ४.५५ अंकले नेप्से बढ्दै २०२७.१९ अंकको विन्दुमा उक्लिएको थियो ।
तर, दोस्रो दिन (फेब्रुअरी २८) मा नै पुनः ३.६५ अंकले घट्न पुगेको नेप्से सूचक तेस्रो, चौथो र पाँचौ दिनै ऋणात्मक हुँदै १९६९.०३ अंकमा झरेको छ । यस्तै, यो साताको अन्तिम कारोबार दिन बिहीबार (मार्च २) मा २६.४७ अंकले घट्दै नेप्से सूचक १९६९.०३ अंकमा झरेको हो ।



