कालिका चोकमा युवती मृत फेला, ३ जना पक्राउ

तु खबर संवाददाता
२०७९ फाल्गुन १८, बिहीबार १६:४२
सांकेतिक तस्वीर

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० कालिका चोकमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।भारतका आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, उनी बस्दै आएको घरमा झुण्डिएको र उनका साथीहरुले पासो काटेको अवस्थामा मृत भेटिएको हो । प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गर्न उनीसन्गै बसेका तीन जना युवतीलाई नियन्त्रणमा लिएको छ ।

सो फ्ल्याटमा २ जना युवती र २ युवक बुधबार राति सँगसँगै बसेको र उनीहरुका बीचमा झैझगडा हुँदा एक युवती झुण्डिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, झुण्डिएर मर्छु भनेर धम्काउने र स्टण्ट देखाउन खोज्दा घटना घटेको हो कि भन्ने आशंका गरिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । मृतकका परिवारलाई बोलाउने काम भइरहेको जनाइएको छ ।