कोशी प्रदेशमा आज सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ फाल्गुन १८, बिहीबार ०८:१५

विराटनगर । प्रदेश नम्वर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा आज बिहीबार सार्वजनिक विदा दिइएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदा घोषणा गरेको जानकारी दिएको छ । बुधबार भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।