सुनको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

तु खबर संवाददाता
२०७९ फाल्गुन १७, बुधबार ११:२१

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांघले १० दिनपछि सुनको भाउ सुनको भाउ भाउ बढेको जानकारी दिएको हो ।

फागुन ७ गतेयता बजारमा सुनको भाउ निरन्तर घटिरहेको थियो । उक्त मितिमा नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख ३ हजार २०० रुपैयाँ थियो । जबकि, हिजो मंगलबारसम्मको अवधिमा छापावाल सुनको भाउ तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा आइपुगेको थियो ।

आज बुधबार भने सुनको भाउ प्रतितोलामा ५०० रुपैयाँले बढेको छ । यससँगै, सुनको भाउ प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ प्रतितोला १ हजार २७० रुपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको भाउ प्रतितोला १ हजार २५५ रुपैयाँ थियो ।