भिरबाट लडेर बालिकाको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन १७, बुधबार ०९:३८
file photo

बागलुङ । बागलुङमा मंगलबार भिरबाट लडेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बरेङ गाउँपालिका वडा नम्वर १ धुल्लुबास्कोटकी ८ वर्षीया प्रतिक्षा घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनी विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन् । भिरबाछ लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।