हेटौंडामा कक्षा ८ को परीक्षा चैत्र ९ बाट सुरु हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका भित्रका निजि तथा सामुदायिक विद्यालयहरुमा माध्यामिक तह कक्षा ८ को परीक्षा आगामी चैत्र ९ गतेबाट सुरु हुने भएको छ ।
स्थानीय सरकार संचालन ऐनले दिएको अधिकारको प्रयोग गर्दै चैत्र ९ गतेबाट परीक्षा संचालन हुने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालका अनुसार परीक्षाको तयारीमा उपमहानगर जुटिसकेको छ ।
अहिले आन्तरिक व्यवस्थापनको कामहरु भैरहेको भन्दै तोकिएको समयमा परीक्षा सञ्चालनका लागि कामहरु चलिरहेको उनले बताए । उनका अनुसार अहिले परीक्षाको लागि प्रश्न पत्रको तयारी थालिएको छ ।
हेटौंडा उपहानगरक्षेत्रमा रहेको ८० विद्यालयमा अध्यापन गर्ने ४ हजार सवद्यार्थि परीक्षामा सहभागि हुने उनले जानकारी दिए । जिल्ला स्तरीय परीक्षामा मकवानपुरमा रहेका अन्य ९ वटा पालिकाले आ–आफ्नो हिसाबले परीक्षाको तयारी गर्ने छन् ।