हेटौंडाका दोङले जिते एक लाख
मकवानपुर । बहुचर्चित मोटरसाईकल ब्राण्ड बजाजले ल्याएको ‘८ हजार पक्का–१ लाख जित्ने मौका’ योजनाअन्तर्गत् हेटौंडाका बुद्धिबहादुर दोङ पहिलो हप्ताको विजेता बनेका छन् ।
दोङले होराइजन अटो प्रालि हेटौंडाबाट मोटरसाइकल खरिद गर्दा १ लाख जितेका हुन् । दोङलाई बुधबार गोल्छा ग्रुपका सेल्सहेड श्रीधर भण्डारी र होराइजन अटो प्रालि सञ्चालकद्वय राजु बज्राचार्य र लालकाजी बज्राचार्यले संयुक्तरुपमा एक लाखको चेक हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा एरिया सेल्स अफिसर विजय सिंह र हुलास फिन ग्रुप प्रतिनिधि लगायतको उपस्थिति थियो । बजाजको कुनै मोटरसाइकल खरिदमा सोही योजनाअनुरुप हरेक हप्ता एक जनाले १ लाख जित्न सक्ने सञ्चालक बज्राचार्यले जानकारी दिए ।
