समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन

तु खबर संवाददाता
२०७९ फाल्गुन ८, सोमबार १७:२२

काठमाडौं । दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिक सत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका छन् ।

समितिको सोमबार बसेको बैठकमा सभापति कार्कीले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलगायत सम्बन्धित निकायका कार्यप्रणालीलाई विश्वास गर्न आवश्यक रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बताए ।

साथै उनले तोकिएको समयमा कार्य गर्न नसकेको खण्डमा आवश्यक कदम चाली पाठ्यपुस्तक समयमा उपलब्ध हुने बताए ।

विगतमा नभएका र गर्न नसकेका विषयलाई सुरुआत गरी पुस्तकको पुनःप्रयोग नीति अवलम्बन गर्ने विषयमा सम्बन्धित निकायले विचार गरी प्रक्रिया सुरु गर्नसक्ने उनको भनाइ थियो ।