आगलागीमा परेर ६ जनाको ज्यान गयो

तु खबर संवाददाता
२०७९ फाल्गुन ४, बिहीबार १९:०१
file photo

बेइजिङ । पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ ।

सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान ६ः ०७ बजे भएको आगलागीमा परेर उनीहरुको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् ।

उक्त घटनामा अन्य २८ जना घाइते भएका छन् । आगलागीका कारण भएका घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन् ।

आगो करिब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।