आज घट्यो सुनचाँदीको भाउ, कतिमा कारोबार हुँदै ?

तु खबर संवाददाता
२०७९ फाल्गुन ४, बिहीबार ११:२०

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला ६०० सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो ।

यस्तै, हिजो बुधबार प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज प्रतितोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार चाँदी तोलामा १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।