बस पल्टिँदा साइकलयात्रीको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा आज बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, लु १ ख ४२२६ नं को बसले लु ४ त ५४११ नं को ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकलयात्री कहारलाई ठक्कर दिएको थियो । ट्याक्टरले ठक्कर दिँदा साइकलयात्री कहारको मृत्यु भएको हो ।
बसमा सवार ६ जना र ट्याक्टरमा सवार दुई जना घाइते भएका छन् । बस र ट्याक्टर चालक फरार रहेको र उनीहरुको खोजीकार्य अर्नुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
