पोखरा दुर्घटनामा परेर हालसम्म २९ जनाको मृत्यु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा आइतबार भएका जहाज दुर्घटनामा परेर हालसम्म २९ जनाको मृत्यु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा विज्ञप्ति जारी गर्दै १० महिला, १८ पुरुष र १ जना शिशुको मृत्यु भएको पुष्टि गरेको हो ।
जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । उद्धार जारी रहेको प्राधिकरणले जनाएको छ ।
