बसको ठक्करबाट महिलाको मृत्यु

तु खबर संवाददाता
२०७९ पुष २८, बिहीबार १८:०९
सांकेतिक तस्वीर

पाल्पा । पाल्पामा बिहीबार दिउँसो बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । गुल्मीबाट बुटवल जाँदै गरेको लु १ ख ८३६१ नम्वरको बसको ठक्कर दिँदा एक जना महिलाका मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पाल्पा बौवापोखराकी ७७ वर्षीया पुतली विश्वकर्मा रहेका छन् । तानसेन नगरपालिका वडा नंं १२ लुङस्थित सडकमा उनलाई बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी विश्वकर्माको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।