भीरबाट लडेर एक जनाको मृत्यु

रोल्पा । रोल्पामा मंगलबार भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पोवाङका ४२ वर्षका हिकलाल पुन रहेका छन् । पुनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको छ ।
प्रहरीका अनुसार, उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।