आइतबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ पुष २४, आईतवार १५:३७

काठमाडौं । शेयरबजारको आज पहिलो दिन नेप्से परिसूचक २० अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म मार्केटमा करेक्शन देखिएतापनि कारोबार बन्द हुने बेलासम्म २०.५५ अंकले बढेर २१६४ को विन्दुरमा पुगेर रोकिएको हो ।

नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ इन्डेक्समध्ये आज बैंकिङ, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स इन्डेक्स बाहेकका सबै सूचकमा हरियाली छाएको छ ।