कपडा पसलमा आगलागी हुँदा ६० लाखको क्षति

तु खबर संवाददाता
२०७९ पुष २३, शनिबार १५:४६
file photo

धनगढी । कैलालीमा कपडा पसलमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१९ को २५ घर बजारमा स्थानीय लक्ष्मण चौधरीले संचालन गरेको स्पर्ष सपिङ सेन्टरमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, शनिबार राति २ बजे चौधरीले संचालन गरेको कपडा पसलमा आगलागी हुँदा २ वटा कोठा, पसलमा रहेका लत्ता, कपडासहितका सामान जलेर नष्ट भएको हो ।

प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।