प्रदर्शनमा संलग्न भएको आरोपमा दुई किशोरलाई फाँसी

एजेन्सी
२०७९ पुष १९, मंगलवार ०८:४१
file photo

इरान । इस्लामिक गणतन्त्रलाई महिनौँदेखि हल्लाउने विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा दुई इरानी किशोरहरूलाई मृत्युदण्डको सजाय दिइएको छ । विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा फाँसीको सजाय सुनाइएपछि ती दुई किशोरीलाई मृत्युदण्डको सजाय दिइएको एक अधिकार समूहले सोमबार जनाएको छ ।

महसा अमिनीको मृत्युबाट सुरु भएको विरोध प्रदर्शनमा २३ वर्षका दुई जना पुरुषलाई पहिले नै मृत्युदण्ड दिइएको छ । तर, इरानले विरोध प्रदर्शनलाई शान्त पार्नको लागि धम्की दिने रणनीतिको रूपमा मृत्युदण्डको सजाय प्रयोग गर्ने भएकाले दर्जनौँ बढीलाई फाँसी दिइने अभियानकर्ताहरूलाई डर छ ।

ओस्लोस्थित इरान मानवअधिकार (आईएचआर)समूहले माजानदारन प्रान्तको पश्चिमी शहर नौशहरमा ट्राफिक प्रहरी कार्यलयमामा आगजनी गरेको आरोपमा १८ वर्षीय प्रदर्शनकारी मेहदी मोहम्मदफर्डलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

त्यस्तै, न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटका अनुसार अर्का प्रदर्शनकारी मोहम्मद बोरोघानीलाई “ईश्वर विरुद्ध दुश्मनी“ को आरोपमा सर्वोच्च अदालतले डिसेम्बरमा मृत्युदण्डको सजाय सुनाएको थियो ।