आज नेप्से १७ अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको पहिलो दिन नेप्से परिसूचक बढेको छ । आज नेप्से १७.२६ अंकले बढेर २०४९.२९ अंकको विन्दुमा कायम भएको छ ।
आज नेप्से परिसूचक १७ अंकमाथिले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचकमा हरियाली छाएको छ । विकास बैंक र फाइनान्स बाहेक सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको हो ।
आज जीवन बीमाको उपसूचकमा सबैभन्दा धेरै हरीयाली छाएको छ । जीवन बीमाको उपसूचक २.९९ अंकले बढेको छ । त्यस्तै, निर्जिवन बीमाको उपसूचक १.९९ अंकले उचालिएको छ ।



