दुर्घटनामा परेर ट्याक्टर चालकको मृत्यु
कैलाली । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक गौरीगङ्गा–४ बस्ने २२ वर्षीय गणेश चौधरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गौरीगङ्गा नगरपालिका–५ मा भएको दुर्घटनामा परेर ट्याक्टर चालक चौधरीको घटनास्थलमै मृत्यु भएको हो । हिलोमा फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा चौधरी च्यापिएका थिए ।
चौधरीलाई गाडीको बिचको टायरले च्यापेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
