मंगलबार पनि शेयरबजारमा उच्च अंकको वृद्धि

तु खबर संवाददाता
२०७९ पुष १२, मंगलवार १६:२२
file-photo

काठमाडौं । आज साताको तेस्रो शेयरकारोबार अर्थात मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आज नेप्से सूचक ५९.८७ अंकले बढेर १९८३ को विन्दुमा पुगेको छ ।

अघिल्लो दिन ५६ अंकले बढेको नेप्से सूचक आज ५९ अंकले बढ्न पुगेको छ । आज शेयरबजारमा करिब ४ अर्बको कारोबार हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।